काठमाडौं। सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेको छ ।
सुन आज तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय १५ रुपैयाँ थियो