Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

ईश्वर पोखरेलद्वारा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

१० मंसिर २०८२, मंगलवार १७:२४

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले सोमबार एक लिखित वक्तव्य जारी गर्दै पार्टीको भावी अध्यक्षका लागि आफ्नो दाबेदारी औपचारिक रूपमा प्रस्तुत गरेका हुन्।

वक्तव्यमा पोखरेलले पार्टी पुनर्गठन तथा रुपान्तरणका लागि देशभरका नेताकर्मीद्वारा गरिएको आग्रह, समर्थन र सुझावलाई स्वीकार गर्दै आफू अध्यक्ष पदको दौडमा उत्रिएको उल्लेख गरेका छन्।

उनले सामूहिक नेतृत्व, योग्यताको कदर र क्षमताअनुसार जिम्मेवारी वितरणमार्फत एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीमा आफ्नो भूमिकामा अवरोध सिर्जना भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई अघि सारेको बुझिएको छ। हाल उनले लिखित वक्तव्य सार्वजनिक गरे पनि महाधिवेशन प्रतिनिधि छनोट सम्पन्न भएपछि मात्र आफ्नो प्यानल औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी छ।

पोखरेलले भनेका छन्, ‘मंसिर १३ गते देश तथा विदेशमा पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया हुने भएकाले विवेकपूर्ण निर्णय, स्वस्थ प्रतिस्पर्धा र निर्भय सहभागिताको वातावरण निर्माणमा सबैलाई सक्रिय हुन आग्रह गर्दछु।’

उनले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफ्नै प्रस्तावित मान्यताहरूलाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिकामा रहने अपेक्षा व्यक्त गरेका छन्।

साथै, सहज र व्यवस्थित निकासका लागि अध्यक्ष ओली अभिभावकीय भूमिकामा उभिने उनले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्