Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
समाचार

विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँ : अध्यक्ष प्रचण्ड

१५ आश्विन २०८१, मंगलवार १५:१२

१५ असोज,ललितपुर। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

आज ललितपुर महानगरपालिका-१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उनले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले पनि सक्ने जति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर पीडितका समस्या समाधानको पहल गर्छ’, अध्यक्ष दाहालले भने  ।

उनले बाढी पीडितका समस्या समाधान गरी पीडितले सहज रूपमा दसैँ मनाउने वातावरण बनाउन सरकारले द्रुतगतिमा पुनःस्थापनाका काम अगाडि बढाउनुपर्ने बताए । त्यस अवसरमा बाढी पीडितहरूले खानेपानी, विद्युतलगायत अत्यावश्यक सेवा चाँडै आपूर्तिका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

स्थानीयले भनेका थिए, ‘बाढीले तहसनहसको अवस्था छ । त्यसैमा खोलाले बगाएर ल्याएका पशुको दुर्गन्धले झनै समस्या भएको छ । हालसम्म पनि कतिपय घरधुरीमा पानी र विद्युत् अवरुद्ध भएकाले सरकारले यसको व्यवस्थापन चाँडै गरिदिनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्