काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो।
बुधबार तोलामा २ लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ६० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ