Trending
रेलले ठक्कर दिँदा चीनमा एघार जनाको मृत्यु     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा     |     आर्सनलसँग बायर्न म्युनिख ३-१ ले पराजित     |     एनपिएलः आज दुई खेल हुँदै     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     नेपाल उसु महासंघले वैधानिकता सम्बन्धी विवादमा आधिकारिक धारणा सार्वजनिक गर्यो     |     लुम्बिनीमाथि काठमाडौँको २२ रनको जित     |     काठमाण्डुद्वारा लुम्बिनीसामु १५८ रनको लक्ष्य प्रस्तुत     |     ईश्वर पोखरेलद्वारा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा     |    
समाचार

रेलले ठक्कर दिँदा चीनमा एघार जनाको मृत्यु

१२ मंसिर २०८२, बिहीबार ११:०१

बेइजिङ। चीनमा रेलको ठक्करले एघार जनाको मृत्यु भएको छ । चीनको दक्षिणी प्रान्त युनानमा बिहीबार लुओयाङ टाउन रेल्वे स्टेसनभित्र रेलको भूकम्पीय उपकण परीक्षण भइरहेको समयमा सो दुघर्टना भएको हो ।

रेलले रेलवेमा काम गरिरहेका कामदारहरूको समूहलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको बताइएको छ । अरू दुई जना घाइते भएका छन् ।

सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार रेल परीक्षणको समयमा गुडिरहँदा घुमाउरो मोडमा रेलवे ट्र्याकमा रहेका कामदारहरूलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्