Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आजपाले घोषणा गर्यो आन्दोलन

१३ मंसिर २०८२, शुक्रबार १४:३७

काठमाडौं। आम जनता पार्टी (आजपा)ले जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग सहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको छ । आउँदो मंसिर १५ देखी पुस १५ गतेसम्म जेनजीकै अगुवाई अन्तक्रिया सहित प्रदर्शन गर्ने आजपाले जनाएको छ ।

काठमाडौंको कोटेश्वरमा बसेको आजपा केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय शुक्रबार सार्वजनिक गर्दै आजपाले सडक आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएको छ ।

‘जेन जीमाथिको दमन बन्द गर्न, समातिएका जेन जीहरुलाई बिना सर्त रिहा गर्न तथा जेन जी हत्याराहरुलाई तुरुन्त कारबाही गर्न गराउन जनदबाब स्वरूप मंसिर १५ गतेदेखी पुस १५ गतेसम्म जेन जीको अगुवाईमा शहर केन्द्रित अन्तरक्रिया एवं प्रदर्शन गर्ने,’ आजपा प्रवक्ता चन्द्रभुषण साहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्न असफल भएको निष्कर्ष सहित बैठकले अन्तरिम संविधान सहित नयाँ सरकार गठनको माग गरेको छ । यस्तै, जेनजी प्रतिनिधि, राजनीतिक दल र नागरिक अगुवाहरुको संयुक्त सम्बाद सम्मेलनमार्फत ठोस संवैधानिक निकास दिनका लागि सम्पूर्ण सरोकारवाला पक्षहरुको ध्यानाकर्ष गराउने निर्णय बैठकले गरेको छ ।

‘सुशिला कार्की नेतृत्वको वर्तमान सरकार जेन जी आन्दोलनलाई सम्बोधन गर्न असफल रहेको निचोडका साथ आगामी निकासका लागि तत्काल अन्तरिम संविधान सहित नयाँ सरकार गठन तथा जेन जी प्रतिनिधि, राजनीतिक दल र नागरिक अगुवाहरुको संयुक्त संवाद सम्मेलनमार्फत ठोस संवैधानिक निकास दिनका लागि सम्पूर्ण सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गराउने,’ प्रवक्ता साहले बिज्ञप्ती उल्लेख गरेका छन् ।

यसैगरी आजपाले भ्रष्टाचारीलाई खबरदारी गर्न, दलतन्त्रको भण्डाफोर गर्न तथा व्यवस्थामा सुधारका लागि जनचेतना अभिबृद्धि गर्ने उदेश्यले मंसिर मसान्त भित्र प्रत्येक निर्वाचन क्षेत्रमा क्षेत्रीय भेलाको आयोजना गरी निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

पीडित उत्पीडितहरुको आत्मविश्वासमा अभिबृद्धि गर्न र भ्रष्टाचारीलाई खबरदारी गर्न आईटी मैत्री युवाहरुको गौरवशाली संगठन आईटी आर्मीको पुर्नगठन सहित विशेष तालिमको आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा बसेको बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजपाले उम्मेदवारको पहिचान, छनौट र सिफारिसका लागि सम्बन्धित कमिटीहरुलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्