Trending
नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै     |     आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै     |     बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव     |     एनपिएल-२ मा काठमाण्डुको तेस्रो जित     |     जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आजपाले घोषणा गर्यो आन्दोलन     |     जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी     |     काठमाण्डुद्वारा चितवनसामु १४३ रनको लक्ष्य प्रस्तुत     |     आज देशभरको मौसम कस्तो रहला ?     |     एनपीएल-२ : चार टोली मैदानमा उत्रने     |     पहिलो जीतले टिमको मनोबल बढेको छः विपिन खत्री     |    
खेलकुद

आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

१७ मंसिर २०८२, मंगलवार ०८:२७

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ। चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ।

अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ। दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्