सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।
शर्माले दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै बुधबार राजीनामा दिएको जानकारी गराएका हुन् ।
प्रमुख सचेतकलाई सम्बोधन गर्दै उनले राजीनामापत्रमा दल नेताको पदबाट राजीनामा दिएका छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता शर्मा पछिल्लो समय नेकपा (माओवादी केन्द्र)ले विभिन्न राजनीति दलहरूसँग गरेको पार्टी एकताको विपक्षमा उभिँदै नेता जनार्दन शर्माको पक्ष लागेका थिए ।
उनी अहिले औपचारिक रूपमा शर्माआबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीमा नदेखिए पनि उनी यही पार्टीमा आबद्ध भएका छन् ।