Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माद्वारा राजीनामा

१८ मंसिर २०८२, बुधबार १५:४२

सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।

शर्माले दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै बुधबार राजीनामा दिएको जानकारी गराएका  हुन् ।

प्रमुख सचेतकलाई सम्बोधन गर्दै उनले राजीनामापत्रमा दल नेताको पदबाट राजीनामा दिएका छन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता शर्मा पछिल्लो समय नेकपा (माओवादी केन्द्र)ले विभिन्न राजनीति दलहरूसँग गरेको पार्टी एकताको विपक्षमा उभिँदै नेता जनार्दन शर्माको पक्ष लागेका थिए ।

उनी अहिले औपचारिक रूपमा शर्माआबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीमा नदेखिए पनि उनी यही पार्टीमा आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्