Trending
लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य     |     मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा     |     विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै     |     माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माद्वारा राजीनामा     |     आज लुम्बिनी र विराटनगर खेल्दै     |     ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला     |     कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता     |     नेपाल चाइनिज ताइपेसँग पराजित     |     एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित     |     एनपीएलमा जनकपुरको पहिलो जित     |    
समाचार

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

१८ मंसिर २०८२, बुधबार १७:३९

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन्।

सर्वोच्च अदालतले २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्रीले आज प्रदेश सभामा विश्वासको मत माग्दै विश्वासको मत पाउने आधार नदेखेपछि प्रदेश सभामा राजिनामाको घोषणा गरेका हुन्।

नेपाली काङ्ग्रेस सहित सात राजनीतिक दलले मुख्यमन्त्री बोल्ने क्रममा प्रदेश सभाको बैठक बहिष्कार गरेपछि बोल्दै मुख्यमन्त्री यादवले आफू कुर्सीसँग विश्वासको मत माग्ने होइन मसँग बहुमत पनि छैन त्यसकारणले म राजिनामा गर्दछु आजै प्रदेश प्रमुखसँग समक्ष राजिनामा समेत बुझाउनेछु।

मुख्यमन्त्री यादवले आफूले छोटो समयमा बाध्यात्मक परिस्थितिमा मुख्यमन्त्री बनेको भन्दै आफ्नो कार्यबाट जनता निकै सन्तुष्ट भएको बताएका थिए। उनले नेकपा एमालेले जसपा नेपाल जनमत पार्टी र नेपाली काङ्ग्रेसलाई समेत मुख्यमन्त्री बनाउन पहलकदमी गरेको बताउँदै अहिले आफूलाई परेको बेलामा विश्वासको मत दिन र आँखामा आँखा जुधाउने अवस्था नदेखेपछि प्रदेशसभाको बैठक बहिष्कार गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्