Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

१८ मंसिर २०८२, बुधबार १७:३९

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन्।

सर्वोच्च अदालतले २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्रीले आज प्रदेश सभामा विश्वासको मत माग्दै विश्वासको मत पाउने आधार नदेखेपछि प्रदेश सभामा राजिनामाको घोषणा गरेका हुन्।

नेपाली काङ्ग्रेस सहित सात राजनीतिक दलले मुख्यमन्त्री बोल्ने क्रममा प्रदेश सभाको बैठक बहिष्कार गरेपछि बोल्दै मुख्यमन्त्री यादवले आफू कुर्सीसँग विश्वासको मत माग्ने होइन मसँग बहुमत पनि छैन त्यसकारणले म राजिनामा गर्दछु आजै प्रदेश प्रमुखसँग समक्ष राजिनामा समेत बुझाउनेछु।

मुख्यमन्त्री यादवले आफूले छोटो समयमा बाध्यात्मक परिस्थितिमा मुख्यमन्त्री बनेको भन्दै आफ्नो कार्यबाट जनता निकै सन्तुष्ट भएको बताएका थिए। उनले नेकपा एमालेले जसपा नेपाल जनमत पार्टी र नेपाली काङ्ग्रेसलाई समेत मुख्यमन्त्री बनाउन पहलकदमी गरेको बताउँदै अहिले आफूलाई परेको बेलामा विश्वासको मत दिन र आँखामा आँखा जुधाउने अवस्था नदेखेपछि प्रदेशसभाको बैठक बहिष्कार गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्