Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

१९ मंसिर २०८२, बिहीबार २२:०७

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए ।

रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी कर आतंकले महंगी बढेको बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।

‘सरकार पिच्छेको सरकारले हरेक बस्तुमा करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, आजपा साहले भने, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ।’

सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले करछलीको नाममा निजि सम्पती लुटिरहेको उनले गम्भिर आरोप लगाए । शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतंक मचाइएको बताए ।

‘अहिले सरकारी कर आतंक मचिएको छ । हरेक बस्तुमा मनपरी कर आतंक रहेको छ । त्यसकारण उधोग, व्यापार चौपट हुने अवस्थामा पुगेको छ । सर्वसधारणले उपभोग गर्ने बस्तुहरु कर आतंककै कारण महंगो भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘गाउँ शहरदेखी सिमावर्ती क्षेत्रका सर्वसधारण नागरिक कर आतंकले पीडित भएका छन ।’

भेलाबाट उमाशंकर साहको नेतृत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्