जुम्ला। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट ६ प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएका छन् ।
राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट खुलातर्फ जिल्ला अध्यक्ष शान्तिलाल महत र देवलाल थापा चयन भएका छन्।
यस्तै महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलितबाट रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत चयन भएको नेकपा एमाले का केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्जार्च रतननाथ योगीले जानकारी दिए । रासस