काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।