Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली

२७ मंसिर २०८२, शुक्रबार १८:३४

वीरगंज। कमन जेनजी नेपाल र जेनजी नेपालले आज वीरगंजमा खबरदारी मोटरसाईकल र्याली निकालेको छ । जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजीसंग गरिएका नक्कली सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गर्दै खबरदारी मोटरसाईकल र्याली निकालिएको हो ।

वीरगंजको लालबंगलाबाट निष्केको सो मोटरसाईकल र्याली घण्टाघर, माइस्थान, नारायणी अस्पताल, रजतजयन्ती चौक, आदर्शनगर हुँदै घण्टाघरमा पुगेर समापन भएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्न असफल भएको भन्दै उनीहरुले प्रधानमन्त्री सुशीलाको राजीनामा समेत माग गरेका छन् ।

जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाही गर, जेनजी आन्दोलनलाई संस्थागत गर, निकास बिना निर्वाचनको औचित्य छैन, देखावटी सम्झौता हाम्रो माग हैन, जेनजीको माग सुनिश्चित गर, जेनजी माथिको दमन बन्द गर, हत्यारा र भ्रष्टाचारीलाई कारवाही गर, सुशीला तिम्रो पाराले दुख पाए साराले, सुशीला सरकार मुर्दाबाद, हत्यारालाई पक्राउ गर, भ्रष्टाचारीलाई कारबाही गर, पक्राउ परेका जेनजीलाई यथाशिघ्र रिहाइ गर लगायतका नारा लगाउदै र्याली निकालिएको हो ।

वीरगंजमा मोटरसाईकल र्याली निकाल्नुभन्दा अघि कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै सरकार र जेनजीबीच भएको सम्झौता धोखा हो भन्दै च्यातेर विरोध गरेका छन् ।

जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीलाई धरपकड बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहाई गर्नुपर्ने लगायतका माग आफूहरुको रहेको कमन जेनजी नेपालका अध्यक्ष साहले जनाएका छन् ।

‘जेनजी हत्यारा, भ्रष्टाचारीलाई पक्राउ गर्न नसक्ने सुशीला सरकारले जेनजी आन्दोलनकारीलाई पक्राउ गरेर बहादुरी देखाइरहेका छ । जेनजी हत्यारा केपी ओली, रमेश लेखक लगायतलाई यथाशिघ्र पक्राउ गरी कारबाही गर्न हामीले माग गर्दैआएका छौ,’ साहले भने, ‘तर यो बहिरा सरकारले हत्यारालाई पक्राउ गर्न सकेको छैन् । नाटक मात्रै गरिरहेको छ । फेक आइडीबाट बनेको सरकारले फेक जेनजीलाई राखेर सम्झौताको नाटक गरिरहेको छ ।’

सरकारद्वारा हालै प्रस्तुत गरिएको सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले जनाएका छन् । सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको सहनीले बताए ।

‘फेक आईडीबाट बनेको सुशीला सरकारले अझै पनि आफ्नै निर्देशनमा चल्ने फेक जेनजीहरूलाई राखी गरेको समझौता मान्य छैन । देशव्यापी रूपमा उभिएको परिवर्तनको चाहना, युवाहरूको बलिदान र जनताको भरोसालाई कमजोर बनाउने यस्तो समझौताप्रति कमन जेनजी नेपाल कडा विरोध गर्दछ,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने ।

र्यालीमा कमन जेनजी नेपालका अध्यक्ष विकेश साह, जेनजी नेपालका कृष्णमोहन सहनीका साथै निकोलस भुसाल हजारौंको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्