Trending
रविलाई रिहा गर्न आदेश     |     रवि र छविको मुद्दामा सुनुवाइ सकियो     |     सचिवमा हारेका गोकुललाई केन्द्रीय सदस्यमा लोकप्रिय मत     |     माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन     |     एमाले महासचिवमा शंकर पोखरेल विजयी     |     महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल     |     यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी     |     विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित     |     एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित     |     सुनचाँदीको मूल्य बढ्यो     |    
समाचार

एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित

३ पुष २०८२, बिहीबार १५:००

काठमाडौँ। केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन्।

ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।

निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्