काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल नेकपा एमालेको केन्द्रिय सदस्यमा पनि पराजित भएका छन् ।
ओलीका राजनीतिक सल्लाहकार समेत रहेका रिमाल केन्द्रिय सदस्यमा पनि पराजित भएका हुन् । रिमाल एमालेको उपमहासचिवमा पनि हारेका छन् ।
पार्टीका दशौं महाधिवेशनमा उपमहासचिव भएका रिमाल एघारौँमा उपमहासचिव र केन्द्रीय सदस्यमा पनि हारेका हुन् ।