Trending
रविलाई रिहा गर्न आदेश     |     रवि र छविको मुद्दामा सुनुवाइ सकियो     |     सचिवमा हारेका गोकुललाई केन्द्रीय सदस्यमा लोकप्रिय मत     |     माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन     |     एमाले महासचिवमा शंकर पोखरेल विजयी     |     महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल     |     यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी     |     विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित     |     एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित     |     सुनचाँदीको मूल्य बढ्यो     |    
समाचार

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी

३ पुष २०८२, बिहीबार १५:१२

काठमाडौँ। नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्।

अध्यक्षमा ईश्वर पोखरेललाई हराउँदै केपी शर्मा ओली निर्वाचित भए। ओली एमालेको तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ जना प्रतिनिधिले मत हालेनन्।

अध्यक्ष पदमा ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत ल्याएका हुन्।

पदाधिकारीमा २ जनाबाहेक सबै ओली पक्षका निर्वाचित भएका छन्।

यस्ता छन् नवनिर्वाचित पदाधिकारी:

अध्यक्ष:

केपी शर्मा ओली

उपाध्यक्ष 

पृथ्वी सुब्बा गुरूङ

विष्णुप्रसाद पौडेल

रामबहादुर थापा बादल

गोकर्ण विष्ट (ईश्वर पोखरेल प्यानलबाट)

रघुजी पन्त

महासचिव 

शंकर पोखरेल

उपमहासचिव 

लेखराज भट्ट

योगेश भट्टराई (ईश्वर पोखरेल प्यानलबाट)

रघुवीर महासेठ

सचिव 

महेश बस्नेत

पद्माकुमारी अर्याल

शेरधन राई

यामलाल कँडेल

राजन भट्टराई

छविलाल विश्वकर्मा

खगराज अधिकारी

हिक्मत कार्की

भानुभक्त ढकाल

प्रतिक्रिया दिनुहोस्