Trending
रविलाई रिहा गर्न आदेश     |     रवि र छविको मुद्दामा सुनुवाइ सकियो     |     सचिवमा हारेका गोकुललाई केन्द्रीय सदस्यमा लोकप्रिय मत     |     माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन     |     एमाले महासचिवमा शंकर पोखरेल विजयी     |     महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल     |     यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी     |     विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित     |     एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित     |     सुनचाँदीको मूल्य बढ्यो     |    
समाचार

महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल

३ पुष २०८२, बिहीबार १५:२३

काठमाडौं। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा पराजित भएका पूर्वउपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन असफल भएका छन् ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पाण्डेले महासचिव पदमा शंकर पोखरेलसँग पराजय बेहोरेका थिए । पोखरेलले १२२८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत मात्र ल्याएका थिए ।

केन्द्रीय सदस्यको निर्वाचनमा पनि पाण्डेको प्रदर्शन कमजोर देखियो । उनले जम्मा ९६१ मत प्राप्त गरेका छन् ।

महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली ठूलो मतान्तरले विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली पक्षको नै प्रभुत्व देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्