Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल

३ पुष २०८२, बिहीबार १५:२३

काठमाडौं। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा पराजित भएका पूर्वउपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन असफल भएका छन् ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पाण्डेले महासचिव पदमा शंकर पोखरेलसँग पराजय बेहोरेका थिए । पोखरेलले १२२८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत मात्र ल्याएका थिए ।

केन्द्रीय सदस्यको निर्वाचनमा पनि पाण्डेको प्रदर्शन कमजोर देखियो । उनले जम्मा ९६१ मत प्राप्त गरेका छन् ।

महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली ठूलो मतान्तरले विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली पक्षको नै प्रभुत्व देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्