काठमाडौँ। नेकपा एमालेको सचिवमा झिनो मतले पराजित भएका नेता गोकुल बाँस्कोटा केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।
सचिवमा ७८ मतले पराजित भएका उनी केन्द्रीय सदस्यमा भने लोकप्रिय मत पाएर विजयी भएका हुन् ।
केन्द्रीय सदस्यमा उननले १ हजार १ सय ९५ मत पाएका छन् ।