काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।
यसअघि पेसी चढेर पनि पटक–पटक स्थगित हुँदै आएको मुद्दामा आज भने सुनुवाइ भएको छ । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने र जोशी पुर्पक्षका लागि थुनामा छन् ।
लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।