Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

६ पुष २०८२, आईतवार २१:५१

काठमाडौँ। ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आज थानकोटमा गरेको जाँचका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारीसाधनका चालकलाई काराबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ६० सवारीसाधन जाँच गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरिएको राससलाई जानकारी दिए।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न जाने भएकाले सवारीसाधनको अवस्था जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले सम्पूर्ण चालकलाई अनुरोध गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्