सियोल। दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष प्रक्षेपण यान प्राविधिक गडबडीका कारण असफल भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।
अन्तरिक्ष कम्पनी इनोस्पेसद्वारा विकास गरिएको ‘हानबिट–नानो’ नामक प्रक्षेपण यान ब्राजिलको अलकान्तारा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान १० बजेर १३ मिनेटमा प्रक्षेपण गरिएको थियो ।
स्थानीय समाचार माध्यमका अनुसार प्रक्षेपणपछि यानमा गम्भीर समस्या देखिएको र त्यसपछि यान टुक्रिएर विस्फोट भएको अनुमान गरिएको छ, जसका कारण प्रक्षेपण असफल भयो ।
यस घटनासम्बन्धी कम्पनीले हालसम्म कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन । (रासस/सिन्ह्वा)