Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक

१७ आश्विन २०८१, बिहीबार ०२:११

१७ असोज,काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा थोमस प्रिन्जले बुधबार साँझ यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत प्रिन्जले हालैको बाढीपहिरामा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै जर्मन सरकार र जर्मनीका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरेका छन्।त्यसअघि दिवङ्गत भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको यसै वर्ष सम्पन्न जर्मनीको राजकीय भ्रमणले जर्मनी र नेपालबीचको सम्बन्धलाई अझ घनिभूत ल्याउने मद्दत मिलेको बताए । उनले दुई देशबीचको यो सम्बन्ध भविष्यमा अझ घनिभूत हुने विश्वास व्यक्त गरेका छन्।

समारोहमा सांसद, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका जर्मनीका नागरिक, जर्मनीसँग सम्बन्धित उद्योग–व्यवसायका प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्