Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

राखेप बोर्डमा पाँच सदस्य नियुक्त

११ पुष २०८२, शुक्रबार २०:५३

काठमाडौँ — क्रिकेट प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले टमाटासहित शान्तकुमार महता, कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्कीलाई राखेप सदस्यमा नियुक्त गरेको हो ।

गत महिना राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित ६ जनाको पदावधि सकिएपछि रिक्त पदमा ५ नयाँ सदस्य नियुक्त गरिएको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार टमाटासहित सबै सदस्यलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा शपथ गराएका थिए ।

टमाटा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

त्यसबाहेक उनी नेपाली महिला राष्ट्रिय टोली र नेपाली यू–१९ टोलीको प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा सुदूरपश्चिम रोयल्स लगातार नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको थियो ।

नेपालले सन् १९९६ मा मलेसियामा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्दा टमाटा खेलाडीको रूपमा रहेका थिए । उनी नेपालबाट दुई खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रने दुर्लभ खेलाडी हुन् ।

नेपालले १९९५ मा तत्कालीन मद्रासमा सातौं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दा टमाटाले हक्की टोलीको प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्