Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु

११ पुष २०८२, शुक्रबार २०:५८

काँक्रेविहार। सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ।

आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणकार्य शुभारम्भ गरे। उनले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए।

मुख्यमन्त्री कँडेलले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रति दिन बढिरहेकाले हेलिकप्टरसहित दमकलबाट अग्नी नियन्त्रण गर्न पोखरी निर्माणले सहज हुने बताए।

उनले प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउँदै विपद् न्यूनीकरणमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए।

प्रदेश सरकारले नेपाली सेनासँगको सहकार्यमा पोखरी निर्माण गर्न लागेको हो। विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरवेशको हाताभित्र निर्माण हुने पोखरीबाट आगलागीका बेला हेलिकप्टरमार्फत पानी भरेर आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए।

उनका अनुसार उक्त प्रविधिलाई ‘बम्वी बकेट’ भनिन्छ, यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर डढेलो वा आगलागी नियन्त्रण गरिन्छ। उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने पोखरीको लागत रु ९९ लाख ९६ हजार २०० रहने उपसचिव गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्