Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

इजरायलका लागि दुई हजार एक सय बाह्र जनाको नाम सार्वजनिक

१७ आश्विन २०८१, बिहीबार ०२:१६

१७ असोज,काठमाडौँ। इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुुई हजार दुई जनामध्ये दुुई हजार ११२ जनाको नाम सार्वजनिक गरेको हो ।

नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भेटिएकाले नाम हटाइएको विभागले जनाएको छ । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।

इजरायलको विपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १५६ महिला (६० प्रतिशत) र ९५६ पुरुष (४० प्रतिशत) गरी दुई हजार ११२ जना छनोट भएका छन् । यसरी छानिएकामध्ये पनि उचाइ तथा स्वास्थ्य परीक्षणको मापदण्डमा असफल भए कम्तीमा दुई हजार उत्तीर्ण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्