Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान

१३ पुष २०८२, आईतवार २०:४५

काठमाडौं। ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी प्रतिनिधि सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिएका छन्।

हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढण्डा सहित छानबिन आयोगमा उपस्थित भएको गुरुङले सामाजिक संञ्जाल मार्फत जानकारी गराएका छन्।

उनले फेसबुकमा लेखेका छन्- आज मिति २०८२/०९/१३ गते, हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढण्डा सहित छानबिन आयोगमा उपस्थित भएको छु।  हामी माथि लगाइएको आरोपको सत्यतथ्य प्रमाण सहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु । सत्य कहिल्यै डराउँदैन। छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु।

प्रतिक्रिया दिनुहोस्