Trending
जसपा र लोसपाबीच पार्टी एकताको समझदारी     |     सन् २०२५ मा बङ्गलादेशमा एक लाख जना डेङ्गुबाट सङ्क्रमित, ४१२ जनाको मृत्यु     |     एनभीए च्याम्पियनसिप : हेल्प नेपालको लगातार दोस्रो जित     |     नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ     |     जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह     |     सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान     |     रास्वपा र प्रमुख शाहबीच राजनीतिक सहमति     |     सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |    
समाचार

सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान

१३ पुष २०८२, आईतवार २०:४५

काठमाडौं। ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी प्रतिनिधि सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिएका छन्।

हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढण्डा सहित छानबिन आयोगमा उपस्थित भएको गुरुङले सामाजिक संञ्जाल मार्फत जानकारी गराएका छन्।

उनले फेसबुकमा लेखेका छन्- आज मिति २०८२/०९/१३ गते, हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढण्डा सहित छानबिन आयोगमा उपस्थित भएको छु।  हामी माथि लगाइएको आरोपको सत्यतथ्य प्रमाण सहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु । सत्य कहिल्यै डराउँदैन। छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु।

प्रतिक्रिया दिनुहोस्