Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

सन् २०२५ मा बङ्गलादेशमा एक लाख जना डेङ्गुबाट सङ्क्रमित, ४१२ जनाको मृत्यु

१३ पुष २०८२, आईतवार २१:५३

ढाका। बङ्गलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेङ्गुबाट सङ्क्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या नोभेम्बर सङ्क्रमित भएको सङ्ख्याको एक तिहाई मात्र हो । नोभेम्बरमा कुल २४ हजार ५३५ व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो ।

महानिर्देशनालयका अनुसार डेङ्गुका सङ्क्रमितमध्ये डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको थियो ।

बङ्गलादेशमा सन् २०२४ मा एक लाखभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए भने ५७५ जनाको मृत्यु भएको थियो । बङ्गलादेशले सन् २०२३ मा डेङ्गुसँग सम्बन्धित एक हजार ७०५ जनाको मृत्यु भएको रेकर्डमा छ । यो बितेका तीन बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो ।

सामान्यतया बङ्गलादेशमा मनसुनको मौसममा लाग्ने रोग, डेङ्गु ज्वरो अहिले सामान्यतया जुन–सेप्टेम्बर अवधिभन्दा बढी समयसम्म फैलिरहेको पाइन्छ ।

डेङ्गु रोग एडिस एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान, अत्यधिक मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता र डाबर आउनेजस्ता लक्षणहरू निम्त्याउँछ।

डेङ्गुको बढ्दो सङ्ख्यासँग लड्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्