Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

१४ पुष २०८२, सोमबार ११:५७

काठमाडौँ। कान्छाराम कन्स्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

कार्यालयका अनुसार, ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय एकार्य श्रीमल ललितपुरको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सन र चिनियाँ ठेकेदार कम्पनी चोङकिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशनलाई डेढ–डेढ वर्षका लागि कालोसूचीमा राखेको छ ।

यस्तै, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालिलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यस्तै रौतामाई गाउँपालिकाको कार्यालय उदयपुरको सिफारिसमा सिंगदन सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालि र विशाल निर्माण सेवालाई  १र१ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्