Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जाँचबुझ आयोगमा बयान दिन जाँदै रमेश लेखक

१४ पुष २०८२, सोमबार १२:०५

 काठमाडौं। निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिँदैछन् ।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज बयानका लागि जान लागेका हुन् ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् । लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे उनी बयानका लागि आयोगमा जानेछन् । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए ।

भोलि बयान सकिएपछि दिउँसो साढे २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्