Trending
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |     जाँचबुझ आयोगमा बयान दिन जाँदै रमेश लेखक     |     कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा     |     सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो     |     राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?     |     नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति

१४ पुष २०८२, सोमबार २१:२६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।

बैठक स्थलमा रहैका एक नेताका अनुसार सहमतिपत्रमा हस्ताक्षरको तयारी भै रहेको छ ।

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेता बालेन्द्र (बालेन) शाह र कुलमान घिसिङ सहभागी हुनुहुन्छ ।

यसैबिच जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमान चुनाबमा सँगै मिलेर जान तयार भएको जनाएका छन् ।

रवि र कुलमानसँगको फोटो सार्वजनिक गर्दै उनले लेखेका छन् ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रवि बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’

 

प्रतिक्रिया दिनुहोस्