Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन

१५ पुष २०८२, मंगलवार १६:३२

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको नतिजा नआउँदै आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेको बन्दै काठमाडाैं महानगरका मेयर बालन शा लक्षित व्यंग्य गरेका छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘राजनीतिक निकास र विचार गोष्ठी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उर्जामन्त्री बीच राजनीतिक सहकार्य गर्ने गरी भएको सहमति प्रति लक्षित गर्दै उनले भने- ‘चुनाव नहुँदै कोही प्रधानमन्त्री बनिसकेका छन्, मान्छेहरूले बनाइसके,’ ओलीले व्यंग्य गर्दै भने, ‘तर हामी चुनाव पर्खिरहेका छौं। चाहे फागुनमा होस्, वैशाखमा होस् वा अर्को मंसिरमा, एमाले जनमतको प्रतीक्षामा छ।’

नयाँहरुको गठबन्धनप्रति आक्रामक देखिएका ओलीले एमालेलाई ‘सिंह’ र अन्य दलहरूको मोर्चालाई ‘स्याल’ को संज्ञा दिए। एमालेको विशाल जनलहर देखेर अन्य दलहरू तर्सिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्