Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
समाचार

ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन

१५ पुष २०८२, मंगलवार १६:३२

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको नतिजा नआउँदै आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गरेको बन्दै काठमाडाैं महानगरका मेयर बालन शा लक्षित व्यंग्य गरेका छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘राजनीतिक निकास र विचार गोष्ठी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उर्जामन्त्री बीच राजनीतिक सहकार्य गर्ने गरी भएको सहमति प्रति लक्षित गर्दै उनले भने- ‘चुनाव नहुँदै कोही प्रधानमन्त्री बनिसकेका छन्, मान्छेहरूले बनाइसके,’ ओलीले व्यंग्य गर्दै भने, ‘तर हामी चुनाव पर्खिरहेका छौं। चाहे फागुनमा होस्, वैशाखमा होस् वा अर्को मंसिरमा, एमाले जनमतको प्रतीक्षामा छ।’

नयाँहरुको गठबन्धनप्रति आक्रामक देखिएका ओलीले एमालेलाई ‘सिंह’ र अन्य दलहरूको मोर्चालाई ‘स्याल’ को संज्ञा दिए। एमालेको विशाल जनलहर देखेर अन्य दलहरू तर्सिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्