Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
समाचार

आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम

१५ पुष २०८२, मंगलवार १८:०९

काठमाडौं। आम जनता पार्टी (आजपा)ले जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, मिडिया उद्यमी, समाजसेवीदेखी सहकारी एवं लघुवित पीडितहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा आजपाले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

आजपाले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा चर्चित मोडेल, मिडिया उद्यमी एवं समाजसेवी एलिजा गौतम खस आर्यतर्फको महिला सूचीको पहिलो नम्बरमा रहेकी छन् ।

यसैगरी जेनजी शहिद परिवारबाट जेनजी शहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजीहरुको तर्फबाट प्रतिमा थापामगर, मन्दिपकुमार लाल लगायतका दर्जनौ जेनजी युवाहरुलाई आजपाले समानुपातिक तर्फको उम्मेदवार बनाएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

सहकारी एवं लघुवित पीडितलाई समेत आजपाले समानुपातिक उम्मेदवार बनाएको छ । लघुवित पीडित संघर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादव, सहकारी पीडित संघर्ष समितिको तर्फबाट देवकुमार श्रेष्ठ, रिता भट्टराई, लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी सहितका रहेका छन् ।

यसैगरी, मुस्लिम तर्फबाट लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर), फरहत बाुन लगायतका रहेका छन् ।

आम जनता पार्टी, जनादेश पार्टी, जेनजी आन्दोलनकारी सहित सहकारी पीडित, लघुवित पीडित संघर्ष समिति लगायतकाले आजपाको मोवाइल चुनाव चिन्हबाट २१ फागुनको निर्वाचनमा संयुक्तरुपमा सहभागि हुदैछन् । बन्दसूचीमा आजपाले १ सय १० जनाकै नामावली बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्