Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पेट्रोल र डिजेलको मूल्य घट्यो

१६ पुष २०८२, बुधबार २१:४७

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा ५ र हवाई इन्धन (आन्तरिक) मा ६ रूपैयाँका दरले मूल्य घटाएको जनाएको हो।

नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ।

त्यस्तै हवाई इन्धनको १२८ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य दर बिहीबारदेखि लागू हुनेछ।

एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्