Trending
एन्फाले तोक्यो निर्वाचनको मिति     |     टी-२० विश्वकप खेल्न अफगानिस्तानको टोली घोषणा     |     दोस्रो पावर तेक्वान्दोको तयारी पूरा     |     चलचित्र ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम     |     पेट्रोल र डिजेलको मूल्य घट्यो     |     पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन     |     आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |    
समाचार

पेट्रोल र डिजेलको मूल्य घट्यो

१६ पुष २०८२, बुधबार २१:४७

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा ५ र हवाई इन्धन (आन्तरिक) मा ६ रूपैयाँका दरले मूल्य घटाएको जनाएको हो।

नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ।

त्यस्तै हवाई इन्धनको १२८ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य दर बिहीबारदेखि लागू हुनेछ।

एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्