Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दोस्रो पावर तेक्वान्दोको तयारी पूरा

१६ पुष २०८२, बुधबार २२:१५

काठमाडौँ। अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।

दोस्रो संस्करणको पावर तेक्वान्दो च्याम्पियनसिप पुस १९ गते शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा आयोजना हुँदैछ।

खेलाडीको वृत्ति विकासमा योगदान पुर्याउनुका साथै खेलाडीबीच मित्रता र भाइचारा स्थापित गर्न च्याम्पियनसिप आयोजना गरिएको आयोजक समितिका सचिव नोर्बु लामाले जानकारी दिए ।

प्रतियोगितामा जम्मा दुई तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा आठ पुरुष र आठ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा सुमित विष्ट, सुजन गुरुङ, हरिश बोहरा, रुमिन राउत, एलेन आले, अभिषेक डल्लाकोटी, अबताब आलम र अम्बिका घिमिरेले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिलामा आरती शाही, इशा महतो, रक्षा धिमाल, गीता कठायत, जानुका बिक, कञ्चन खड्का, बीणा नाथ र पासाङ लामाबीच प्रतिस्पर्धा हुनेछ ।

उनीहरु हालै सम्पन्न १३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता खेलाडी हुन् । १३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पुरुषको ५४ र ५८ केजी तथा महिलामा ४९ र ५३ केजी तौल समूहका स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई च्याम्पियनसिपमा समावेश गरिएको सचिव लामाले बताए ।

च्याम्पियनसिपमा सञ्जीवकुमार ओझा, सुरेन्द्र शाही, लालबहादुर बरामु र वीरबहादुर महराले प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन् । च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

प्रतियोगितामा पहिलो हुने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता आयोजनाका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्