Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

टी-२० विश्वकप खेल्न अफगानिस्तानको टोली घोषणा

१६ पुष २०८२, बुधबार २२:१७

काठमाडौँ। आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटका लागि अफगानिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले आगामी विश्वकपका लागि बुधबार रासिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टी-२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

आगामी टी-२० विश्वकपमा अफगानिस्तान समूह ‘डी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् ।

अफगानिस्तानको टोलीमा तीब्रगतिका बायाँहाते बलर फजालहक फारुकी, अफ–स्पिनर मजिब उल रहमान र अलराउन्डर गुलबदिन नाइबले पनि स्थान पाएका छन् । दायाँहाते तिब्रगतिका बलर नविन–उल–हकलाई पनि टोलीमा समावेश गरिएको छ ।

विश्वकप खेल्ने अफगानिस्तानको टोलीमा रासिद खान (कप्तान), इब्राहिम जदरान (उप–कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकिपर), मोहम्मद इसाक (विकेटकिपर), सेदिकुल्लाह अटल, डार्विस रसुली, साहिदुल्लाह कमाल, अजमतुल्लाह ओमरजाई, गुलबदिन नाइब, मोहम्मद नाबी, नुर अहमद, मजिब उर रहमान, नविन–उल–हक, फजालहक फारुकी र अब्दुल्लाह अहमदजाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्