Trending
एन्फाले तोक्यो निर्वाचनको मिति     |     टी-२० विश्वकप खेल्न अफगानिस्तानको टोली घोषणा     |     दोस्रो पावर तेक्वान्दोको तयारी पूरा     |     चलचित्र ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम     |     पेट्रोल र डिजेलको मूल्य घट्यो     |     पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन     |     आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |    
समाचार

टी-२० विश्वकप खेल्न अफगानिस्तानको टोली घोषणा

१६ पुष २०८२, बुधबार २२:१७

काठमाडौँ। आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटका लागि अफगानिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले आगामी विश्वकपका लागि बुधबार रासिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टी-२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

आगामी टी-२० विश्वकपमा अफगानिस्तान समूह ‘डी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् ।

अफगानिस्तानको टोलीमा तीब्रगतिका बायाँहाते बलर फजालहक फारुकी, अफ–स्पिनर मजिब उल रहमान र अलराउन्डर गुलबदिन नाइबले पनि स्थान पाएका छन् । दायाँहाते तिब्रगतिका बलर नविन–उल–हकलाई पनि टोलीमा समावेश गरिएको छ ।

विश्वकप खेल्ने अफगानिस्तानको टोलीमा रासिद खान (कप्तान), इब्राहिम जदरान (उप–कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकिपर), मोहम्मद इसाक (विकेटकिपर), सेदिकुल्लाह अटल, डार्विस रसुली, साहिदुल्लाह कमाल, अजमतुल्लाह ओमरजाई, गुलबदिन नाइब, मोहम्मद नाबी, नुर अहमद, मजिब उर रहमान, नविन–उल–हक, फजालहक फारुकी र अब्दुल्लाह अहमदजाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्