Trending
सन् २०२५ मा १२८ पत्रकारको हत्या     |     तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एन्फाले तोक्यो निर्वाचनको मिति     |     टी-२० विश्वकप खेल्न अफगानिस्तानको टोली घोषणा     |     दोस्रो पावर तेक्वान्दोको तयारी पूरा     |     चलचित्र ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम     |     पेट्रोल र डिजेलको मूल्य घट्यो     |     पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन     |     आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |    
समाचार

सन् २०२५ मा १२८ पत्रकारको हत्या

१७ पुष २०८२, बिहीबार १२:३३

ब्रसेल्स। सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ। तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो।

आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो।” प्रेस समूहले विशेष चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी क्षेत्रहरूमा गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा ५६ जना मिडिया पेशेवर मारिएका तथ्य प्रकाशमा ल्यायो।

बेलाङ्गरले भने, “हामीले यस्तो कहिल्यै देखेका छैनौँः यति छोटो समयमा, यति सानो क्षेत्रमा यति धेरै मृत्यु।” यमन, युक्रेन, सुडान, पेरु, भारत र अन्य स्थानमा पनि पत्रकारहरूको हत्या भएको थियो। उनले आक्रमणको पछाडि रहेका व्यक्तिहरूलाई ‘दण्डहीनता’ को चेतावनी दिंदै निन्दा गरे । “न्यायबिना, यसले पत्रकारका हत्याराहरूलाई फस्टाउन दिन्छ”, उनले भने।

विश्वभर हाल ५३३ पत्रकार जेलमा रहेको आइएफजेले बताएको छ। यो विगत आधा दशकमा दोब्बरभन्दा बढी भएको तथ्य हो। हङकङमा १४३ जना पत्रकारलाई जेलमा राखिएको छ, जहाँ अधिकारीहरूले असहमतिलाई खारेज गर्दै राष्ट्रिय सुरक्षा कानून लागू गरेका थिए।

पश्चिमी राष्ट्रहरूले यसलाई आलोचना गर्दै हङकङलाई सबैभन्दा खराब जेलरको सूचीमा शीर्ष स्थान दिएको छ।

आइएफजेको तथ्याङ्क रिपोर्टर्स विदाउट बोर्डर्सको तुलनामा बढी देखिन्छ। यस वर्षको आइएफजे टोलमा नौ दुर्घटनामा मृत्यु भएका पत्रकारहरू पनि समावेश छन्।

रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जना पत्रकारको हत्या रिपोर्ट गरेको छ भने युनेस्कोले ९३ जना राखेको छ। रासस

प्रतिक्रिया दिनुहोस्