Trending
बालेन रास्वपाका वरिष्ठ नेतामा मनोनित, २६ नयाँ केन्द्रीय सदस्य थपिए     |     टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा     |     म्यान्चेस्टर युनाइटेड लिड्ससँग बराबरीमा रोकियो     |     जिप दुर्घटनामा नौजना घाइते     |     टी–२० विश्वकप २०२६ खेल्ने नामिबियाको टोली घोषणा     |     नवौं एनभीएको महिलातर्फको उपाधि न्यु डाइमण्डलाई     |     सुपरहिट चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो मा हेर्न सकिने     |     क्यानको वार्षिक खेल तालिका सार्वजनिक     |     बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने     |     आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु     |    
समाचार

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

१९ पुष २०८२, शनिबार ०६:५३

काठमाडौँ। देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।

आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।

प्रतिक्रिया दिनुहोस्