Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नवौं एनभीएको महिलातर्फको उपाधि न्यु डाइमण्डलाई

१९ पुष २०८२, शनिबार १७:११

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि न्यू डाइमण्ड स्पोर्ट्स क्लबले जितेको छ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको महिला तर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै न्यू डाइमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको हो।

न्यु डाइमण्डले नेपाल पुलिसलाई २५-१८, २५-१९ र २५-१८ ले हराएको हो। आज भएको महिला र पुरुषतर्फको तेस्रो स्थानको लागि भएको खेलमा महिलातर्फ एपीएफ क्लब तेस्रो भएको छ भने पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको हो। सुरुवाती दुई सेट २५-२७ र २३-२५ ले हारेको पुलिस त्यसपछि खेलमा पुनरामन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

पाँचौं सेटसम्म चलेको खेलमा पछिल्ला तीन सेट पुलिसले क्रमशः २६-२५, २५-२२ र १५-१० ले आफ्नो पक्षमा पार्यो। यस्तै, शनिबार बिहान भएको महिलातर्फको खेल अर्थात् विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा एपीएफ तेस्रो भएको हो। पुलिसले आर्मीलाई २५-१३, २५-१७ र २५-१० को सहज सेटमा हराएको थियो।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल भलिबल संघ (एनभीए)ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्