Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

गाडीको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु

२१ पुष २०८२, सोमबार २०:३६

लुम्बिनी। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ ।

बुटवल रामनगर, धागो कारखाना नजिकै राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्