Trending
सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च     |     यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर     |     मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन     |     ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक     |     नेपालमा वैदेशिक हस्तक्षेप बढ्दो छ, देशभक्तहरु चनाखो हुनुपर्छ- प्रभु साह     |     टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा     |     आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक     |     प्रतिनिधिसभा निर्वाचनःकर्णालीमा दश लाख ३७ हजार मतदाता कायम     |     टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल     |     अण्डाको मूल्य घट्यो     |    
समाचार

गाडीको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु

२१ पुष २०८२, सोमबार २०:३६

लुम्बिनी। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ ।

बुटवल रामनगर, धागो कारखाना नजिकै राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्