Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अण्डाको मूल्य घट्यो

२१ पुष २०८२, सोमबार २२:०६

चितवन। अण्डाको मूल्य क्रमशः घट्दै गइरहेको छ। नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी सोमबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रूपैयाँ घटाएको जनाएको हो।

फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४७५ रूपैयाँमा झरेको हो। यस्तै मिडियम अण्डाको प्रतिक्रेट ५५० बाट ४६० रूपैयाँमा झरेको संघले जनाएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्मबाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो। यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रूपैयाँमा झारिएको छ। बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो।

पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताए। ‘अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुने भएको छ,’ उनले भने।

संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्