Trending
सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च     |     यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर     |     मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन     |     ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक     |     नेपालमा वैदेशिक हस्तक्षेप बढ्दो छ, देशभक्तहरु चनाखो हुनुपर्छ- प्रभु साह     |     टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा     |     आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक     |     प्रतिनिधिसभा निर्वाचनःकर्णालीमा दश लाख ३७ हजार मतदाता कायम     |     टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल     |     अण्डाको मूल्य घट्यो     |    
समाचार

अण्डाको मूल्य घट्यो

२१ पुष २०८२, सोमबार २२:०६

चितवन। अण्डाको मूल्य क्रमशः घट्दै गइरहेको छ। नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी सोमबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रूपैयाँ घटाएको जनाएको हो।

फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४७५ रूपैयाँमा झरेको हो। यस्तै मिडियम अण्डाको प्रतिक्रेट ५५० बाट ४६० रूपैयाँमा झरेको संघले जनाएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्मबाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो। यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रूपैयाँमा झारिएको छ। बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो।

पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताए। ‘अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुने भएको छ,’ उनले भने।

संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्