काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४९ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।