Trending
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला     |     रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक     |     विजयको फिल्म ‘जन नेता’को रिलिज मिति स्थगित     |     मन्त्री घिसिङले दिए राजीनामा     |     आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक     |     राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता     |     सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च     |     यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर     |     मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन     |     ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक     |    
समाचार

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता

२३ पुष २०८२, बुधबार २०:०९

काठमाडौँ।  आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

कर्णालीमा रिक्त रहेको अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको हो।

अन्य कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट रुकुम–पश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली कांग्रेसबाट जुम्लाका ललितजङ्ग शाहीले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।

त्यसैगरी, महिला क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा निवासी अञ्जु महतारा र नेकपा एमालेबाट दैलेख निवासी मिनासिंह रखालले राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता गरेको सूचना अधिकारी चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्