Trending
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला     |     रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक     |     विजयको फिल्म ‘जन नेता’को रिलिज मिति स्थगित     |     मन्त्री घिसिङले दिए राजीनामा     |     आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक     |     राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता     |     सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च     |     यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर     |     मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन     |     ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक     |    
समाचार

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक

२३ पुष २०८२, बुधबार २०:१२

काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीअनुसार १९ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उम्मेदवारीमाथि यही पुस २४ गते उजुरी दिन सकिने यही २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।

उम्मेदवारी मनोनयनको सूची आयोगको वेबसाइट https://election.gov.np/admin/public//storage/National%20Assembly/NA%202082/2082-09-23%20Press%20Release.pdf
मा हेर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्