Trending
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |     रोयल च्यालेन्जर्स बेङलुरुलाई आईपीएलको उपाधि     |     संसद बैठक आज बस्दै, बजेटमाथि छलफल हुने     |     भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने निश्चित     |     रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाने     |    
समाचार

थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु

१ माघ २०८२, बुधबार १४:३१

बैङ्कक । थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुदाँ कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षेतिग्रस्त संरचना विशाल कन्क्रीटका खम्बाहरूमा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ ।

उद्धारकर्ताहरूले राजधानी बैङ्कको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रुहरू निकाल्ने काम गरेको जनाइएको छ । जिल्ला प्रहरी प्रमुख थाचापोन चिन्नावोङलाई उदृत गर्दै एएफपीले दुर्घटनामा २२ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएको जनाएको छ ।

चिनको ५.४ अर्ब डलरको सहयोगमा थाइल्यान्डमा निर्माण गरिएको उच्च गतिको रेल परियोजनामा निर्माण स्थलमा दुर्घटना भएको जनाइएको छ ।

चीनको विशाल “बेल्ट एन्ड रोड’’ पूर्वाधारको एक हिस्साको रूपमा यस परियोजनालाई सन् २०२८ सम्ममा लाओस हुँदै बैंककलाई चीनको कुनमिङसँग जोड्ने लक्ष्य राखिएको छ ।

रेलको एउटा क्रेन रेलको लिगबाट निस्केर खस्दा दुर्घटना भई आगलागी समेत भएको नाखोन रत्चासिमाको प्रान्तीय जनसम्पर्क विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

स्थानीय मिडियाले प्रसारण गरेको प्रत्यक्ष फुटेजमा उद्धारकर्मीहरू घटनास्थलमा हतार– हतारमा उद्धार गरिरहेको देखिएको छ भने भग्नावशेषबाट धुवाँ निस्किँरहेको र रेलको लिग बाट एउटा बट्टा झरेको देखिन्छ ।

प्रहरी प्रमुख थाचापोनले अधिकारीहरूले घटनास्थलमा “रासायनिक चुहावट’’ का कारण उद्धार कार्य रोकेको पुष्टि गरेका छन् । रेल बैंककबाट उबोन रत्चथानी प्रान्ततर्फ गइरहेको अवस्थामा दुर्घटना भएको नाखोन रत्चासिमाको प्रान्तीय विभागले जनाएको छ ।

यातायात मन्त्री फिपट रत्चाकितप्रकरणले रेलमा १९५ जना सवार रहेको पुष्टि गर्दै मृतकको पहिचान गर्न अधिकारीहरू निरन्तर लागिरहेको बताएका छन् । उनले दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई आदेश दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्माणधिन ६०० किलोमिटरको उच्च गतिको रेल परियोजना पूरा भएपछि रेलहरू लाओससँगको मेकोंग नदीको सिमानामा रहेको बैंककबाट नोङ खाईसम्म २५० किलोमिटर प्रति घण्टासम्म चल्नेछ ।

यस अघि सन् २०२३ मा, पूर्वी थाइल्यान्डमा रेल ट्रयाक पार गर्ने पिक अप ट्रकमा ठोक्किए पछि मालवाहक रेलले आठ जनाको ज्यान लिएको थियो । सन् २०२० मा धार्मिक समारोहमा यात्रु बोकेको बसमा दुर्घटना हुँदा मालवाहक रेलमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो भने ४० जना भन्दा बढी घाइते भएका थिए । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्