Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव

१ माघ २०८२, बुधबार १४:४८

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग सहमति खोज्ने उद्देश्यसहित ८ बुँदे प्रस्ताव सभापति शेरबहादुर देउवालाई पठाएका छन् ।

प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावी तयारी गर्नुपर्ने विषय उल्लेख गरिएको छ।

यसका साथै पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने, संगठनलाई थप सुदृढ बनाउने र विशेष महाधिवेशनको मिति टुंग्याउने विषयहरू पनि प्रस्तावमा समेटिएका छन्। सहमतिका आधारमा पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्नेमा विशेष महाधिवेशन पक्षले जोड दिएको छ।

यस्ता छन् प्रस्तावका मुख्य बुँदाहरू :

प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने

विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने

कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने

उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने

चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने

टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने

निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने

विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रतिक्रिया दिनुहोस्