काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २ बजे बल्ल सुरु भएको छ।
बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो।
हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे स्थगित भएको थियो।
कांग्रेस विशेष महाधिवेशनका कारण संस्थापन र विद्रोही पक्षबीच चरम विवाद र असमझदारी बनिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको हो।