Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

पुस्तकालय निर्माणका लागि ‘घाटगाउँ’ पुस्तक विमोचन

२ माघ २०८२, बिहीबार १७:४०

सुर्खेत। सुर्खेतको सुन्दर पर्यटकीय क्षेत्रसमेत रहेको ‘घाटगाउँ’ पूस्तक विमोचन भएको छ । श्री सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माण तथा सञ्चालनका लागि पत्रकार विष्णु विवेकले लेखेको घाटगाउँ पुस्तक विमोचन भएको हो ।

हाल अमेरिका बस्ने पत्रकार विवेकले आफ्नो जन्मभूमिदेखि सपनाको देश अमेरिकासम्मको सपना, संघर्ष र सफलताको यात्रा वृत्तान्त पुस्तकमा लेखेका छन् । साविकको घाटगाउँ गाविसमा जन्मेर हुर्केपछि गाउँमै एसएलसीसम्म पढेका उनी त्यसपछि वीरेन्द्रनगर सुर्खेत हुँदै काठमाडौँमा दश वर्ष मूलधारको पत्रकारिता गरेका थिए ।

दुई वर्षअघि अमेरिका पुगेका उनले आफ्नो गाउँदेखि सपनाको सहर अमेरिका कोलोराडो पुग्दाको संघर्ष यात्रा पुस्तकमा समेटेका छन् । पुस ३० गते आफू पढेको स्कुल सरस्वती माध्यामिक विद्यालय प्रांगणमा उनले एक कार्यक्रम गरेर पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्मा विवश, सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक रावल, स्कूलका प्रधानाध्यापक हरिनारायण चौधरी, शिक्षक भीमबहादुर विश्वकर्मा, शिक्षक नवराज भण्डारी लगायतले ‘घाटगाउँ’ पुस्तक विमोचन गरेका हु्न् ।

पुस्तक विमोचन कार्यक्रममा लेखक विष्णु विवेकले आफ्नो अध्ययन, संघर्ष, यात्रा र सपनाको सहर अमेरिका पुग्दा भोगेका भोगाईहरु पुस्तकमा समेटिएको बताए ।

यस्तै प्रमुख अतिथी चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्मा विवशले धेरै संघर्ष गरेर आफ्नो नयाँ परिचय बनाउँदै अमेरिका पुग्न सफल भएपछि आफ्नै जन्मभूमिदेखिको संघर्षलाई पुस्तकमा प्रकाशित गर्नु सिंगो चौकुनेको लागि गौरवको विषय भएको बताए ।

पुस्तक बिक्रीबाट प्राप्त भएको सबै रकम विद्यालयमै पुस्तकालय निर्माण गर्ने पवित्र उद्धेश्य सबैका लागि प्रेरणा बन्ने पनि उनले बताए । पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पश्चिम सुर्खेतबाट प्रकाशित भएको लेखकको पहिलो व्यक्तिगत कृति हो ।

सुर्खेतपछि ‘घाटगाउँ’ पुस्तकको विमोचन काठमाडौँ र अमेरिकामा पनि गरिने लेखकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्