Trending
भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो     |     राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै     |     सेनेगललाई लगातार दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि     |     ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न     |     माघ शुक्ल प्रतिपदा: हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार     |     विश्वकप ग्लोबल क्वालिफार्यसमा आयरल्यान्डको विजयी सुरुवात     |     ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक     |     चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र     |     निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता     |     पुस्तकालय निर्माणका लागि ‘घाटगाउँ’ पुस्तक विमोचन     |    
समाचार

८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

६ माघ २०८२, सोमबार ०७:२५

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ । केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्