Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै

६ माघ २०८२, सोमबार ०७:४७

काठमाडौँ। राष्ट्रिय लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।

पहिलो खेल नव जनजागृति क्लब र लालिगुँरास एशोसिएसनबीच बिहान ११ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दिउँसो २ बजे न्यूरोड टिम र सातदोबाटो युथ क्लबबीच दशरथ रङ्गशालामा खेल हुनेछ ।

तेस्रो खेल बेलुकी साढे ६ बजे मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबबीच दशरथ रङ्गशालामै हुनेछ । हिजो भएका खेलमा सङ्कटा एफसी, एपीएफ एफसी र जावलाखेल युथ क्लब विजयी भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्