Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो

६ माघ २०८२, सोमबार ०७:५३

काठमाडौँ। न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो ।

इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३७ रन बनायो । न्युजिल्यान्डका ड्यारिल मिचेलले १ सय ३७ रन र ग्लेन फिलिप्सले १ सय ६ रनको शतकीय पारी खेले । मिचेलले १ सय ३१ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

भारतका विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै १ सय ८ बलमा १० चौका र ३ छक्का सहित १ सय २४ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । हर्षित राणाले ४३ बलमा ४ छक्का र ५ चौका सहित ५२ रन जोडे ।

अन्त्यमा भारत ४६ ओभरमा २ सय ९६ रनमा अलआउट भयो । न्युजिल्यान्डले पहिलो पटक भारतलाई उसकै मैदानमा एकदिवसीय शृंखला जितेको हो ।

प्रतिक्रिया दिनुहोस्