Trending
भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो     |     राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै     |     सेनेगललाई लगातार दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि     |     ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न     |     माघ शुक्ल प्रतिपदा: हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार     |     विश्वकप ग्लोबल क्वालिफार्यसमा आयरल्यान्डको विजयी सुरुवात     |     ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक     |     चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र     |     निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता     |     पुस्तकालय निर्माणका लागि ‘घाटगाउँ’ पुस्तक विमोचन     |    
खेलकुद

भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो

६ माघ २०८२, सोमबार ०७:५३

काठमाडौँ। न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो ।

इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३७ रन बनायो । न्युजिल्यान्डका ड्यारिल मिचेलले १ सय ३७ रन र ग्लेन फिलिप्सले १ सय ६ रनको शतकीय पारी खेले । मिचेलले १ सय ३१ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

भारतका विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै १ सय ८ बलमा १० चौका र ३ छक्का सहित १ सय २४ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । हर्षित राणाले ४३ बलमा ४ छक्का र ५ चौका सहित ५२ रन जोडे ।

अन्त्यमा भारत ४६ ओभरमा २ सय ९६ रनमा अलआउट भयो । न्युजिल्यान्डले पहिलो पटक भारतलाई उसकै मैदानमा एकदिवसीय शृंखला जितेको हो ।

प्रतिक्रिया दिनुहोस्